कास्कीमा भएको दुर्घटनामा १ को मृत्यू


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

कास्कीमा पछिल्लो पटक भएको दुर्घटनामा एक जनाको मृत्यू भएको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ नयापुलमा मंगलबार भएको दुर्घटनामा घाइते भएका विश्व नेपालीको मृत्यू भएको हो । मृतक अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ हाईजुङका स्थानियबासी भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पर्वतबाट काँडेतर्फ आउँदै गरेको ग.१ख.६९५० नम्बरको जीपले विपरित दिशाबाट गइरहेको ध.२प.१११९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलको पछाडि सवार १७ वर्षिय नेपाली गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उघार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएपनि उनको उपचारको क्रममा आज विहान ८ः२५ मा मृत्यू भएको प्रहरीले बताएको छ ।

सो घटनामा मोटरसाइकल चालक तनहुँ घर भई अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ नयापुल डेरागरी बस्ने १८ वर्षिय महमद समिनपनि घाइते भएका छन् । गम्भीर घाईते भएका उनकोपनि मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी बरिष्ठ उपरिक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।