फाइल तस्विर
बागलुङमा आगो लाग्दा घर र गोठ जलेर खरानी भएको छ । बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नम्बर ९ सुकुरदुङ बस्ने ६२ वर्षिया कमिसरा बुढाको ढुंगा माटोले बनेको खरको छानो भएको घर र सोसँगै जोडिएर रहेको गोठमा अचानक आगो लाग्दा घर जलेर खरानी भएको हो ।
१ तले सो घर र सोसँगै जोडिएको गोठ जल्दा घरमा रहेको अन्नपात, भाँडावर्तन र नगद ६० हजार जलेर नष्ट भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आज दिउँसो ११ बजेर ४० मिनेटमा शुरु भएको आगलागी स्थानियबासी र प्रहरीको सहयोगमा करीब १० बजेर १० मिनेटमा नियन्त्रणमा लिइएको प्रदेशका बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) मोहनप्रसाद पोखरेलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरामा विद्यार्थी गुणीय चक्रको १९ औँ राष्ट्रिय सम्मेलन सुरु भएको…






