ट्राफिक ब्यबस्थापनमा बागलुङ उत्कृष्ट ठहरिएको छ । ट्राफिक ब्यबस्थापन, दुर्घटना न्यूनिकरणलगायतमा बागलुङ जिल्ला गण्डकी प्रदेशमा उत्कृष्ट ठहरिएको हो । गण्डकी प्रदेश ट्राफिक कार्यालयले अन्तर एकाई कार्य सम्पादन मूल्याङ्कनमा बागलुङ जिल्ला ट्राफिक कार्यालयलाई उत्कृष्ट ठह¥याएको हो । सो मूल्याङ्कनमा स्याङ्जा जिल्ला दोश्रो हुन सफल भएको छ ।

गण्डकी प्रदेश ट्राफिक कार्यालयले यहि फागुन महिनादेखि कार्य सम्पादनका आधारमा अन्तर एकाई कार्यसम्पादन मूल्याङ्कन गर्ने जनाएको थियो । मासिक रुपमा हुने मूल्याङ्कनमा प्रथम र द्वितीय हुनेलाई उत्कृष्ट घोषणा गर्दै नगदसहित सम्मान गर्ने बताएको थियो । पहिलो महिना फागुनमा बागलुङ प्रथम र स्याङ्जा दोश्रो भएको गण्डकी प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।
कार्य सम्पादन मूल्याङ्कनमा प्रथम र द्वितीय हुने जिल्ला ट्राफिक कार्यालयका प्रमुख र सम्बन्धित कार्यालय प्रमुखले उत्कृष्ट ठह¥याएको २ जना ट्राफिक प्रहरीलाई नगदसहित सम्मान गरिने गण्डकी प्रदेश ट्राफिक कार्यालय पोखराका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार फागुन महिनामा उत्कृष्ट हुने बागलुङ र स्याङ्जा जिल्ला ट्राफिक कार्यालयलाई बुधबार एक कार्यक्रम गरी सम्मान गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकाललगायतले सम्मान गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरामा विद्यार्थी गुणीय चक्रको १९ औँ राष्ट्रिय सम्मेलन सुरु भएको…






