पोखरामा रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा पोखरामा यहि चैत २० र २१ गते आरडब्लु राष्ट्रिय च्याम्पियनसिप हुने भएको हो । पहिलो पटक काठमाडौंमा भएको रिङ रेस्लिङ च्याम्पीयनसीपको दोश्रो संस्करण पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा गरिने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । च्याम्पीयनसीप दिउँसो २ बजेदेखि शुरु हुने जनाइएको छ ।
च्याम्पीयनसीपमा नेपालका चर्चित २४ जना रेस्लर प्रतिष्पर्धाका लागि रिङमा उत्रिनेछन् । जसमा गण्डकी प्रदेशबाट गण्डकी प्रदेशका १ जनाले सहभागिता जनाउँदैछन् । च्याम्पीयनसीपमा २० पुरुष र ४ महिला रेस्लर भिड्ने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिईन् । कोर, लाईट र हेभीवेट गरी तीन तौल समूहमा प्रतिस्पर्धा गराईने उनले बताईन ।
च्याम्पीयनसीपमा रेस्लिङ प्रशिक्षकसमेत रहेका नुवाकोटे टाईगर(कमल तामाङ)सहित थागु, द युव, डेविड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोबर्ट, तन्नु, सिजे, युविएल, एससी, हुम्ली फाईटर, योगी, जोन लगायतका रेस्लरहरु प्रतिस्पर्धामा उत्रिने जनाइएको छ ।
संघले च्याम्पियनसिप यसअघि नै गर्ने तयारी गरेपनि नोभल कोरोना भाइरस (कोभिड—१९)का कारण एकवर्ष पछि सरेको जनाएको छ । ‘एउटा रेस्लर तयार पार्न १५ देखि १६ महिना लाग्छ,’ नुवाकोटे टाईगर(कमल तामाङ)ले पत्रकार सम्मेलनमा भने, ‘त्यसैले यसलाई स्पोर्टस बेसमा लैजादैछौं ।’ संघले आगामी असारमा प्रदेशस्तरीय रेस्लिङ प्रतिस्पर्धा गराउने योजना रहेको उनले बताए ।
रिङ रेस्लिङ च्याम्पीयनसीप पोखरामा पहिलोपटक भएपनि रेस्लिङ भने तेश्रो पटक हुन लागेको हो । यसअघी २०७३ सालमा नेपाल–भारत मैत्रीपूर्ण रेस्लिङ प्रतियोगिता भएको थियो । संघले २०७४ सालमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता पनि गरिसकेको छ ।
बेल्टका लागि हुने च्याम्पीयनसीप बिजेताले नगद १ लाख रुपैयाँ र दोस्रो हुनेले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक नेपाल रिङ रेस्लिङ संघले जनाएको छ ।
दुई दिनसम्म हुने प्रतियोगिता सम्पन्न गर्न २९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको स्ंघले जनाएको छ । संघले रेस्लिङ हेर्नका लागि १ सय र २ सय दरका टिकट काट्नुपर्ने जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







