प्रतिकात्मक तस्बीर
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोगार्थ मालेपाटन क्रिकेट क्लबले आयोजना गर्ने भनिएको प्रतियोगिताको नाम परिवर्तन गरिएको छ।
स्थानीय व्यापारी कमलबहादुर भुजेलको आफ्नो स्वर्गीय दाजु कालीबहादुर भुजेलको स्मृतिमा उक्त कप राख्ने भएको बुधबार बसेको प्रतियोगिता आयोजक समितिको बैठकले निर्णय गरेको हो।
आगामी चैत १३ देखि १६ गतेसम्म पोखरा महानगरपालिका–५ मालेपाटनस्थित बाराही माविको खेल मैदानमा आयोजना गर्न लागिएको ‘खेल स्वास्थ्यलाई, सहयोग रंगशालालाई’ भन्ने नारासहित ‘प्रथम मालेपाटन कप–२०७७’ को सट्टा ‘प्रथम स्वर्गिय कालिबहादुर भुजेल स्मृति मालेपाटन कप–२०७७’ नाम परिवर्तन गरिएको जनाइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







