५६७ मिटर लामो झोलुङ्गे पुलको नाम छनौट गर्न बन्यो सिफारिस समिति


     एभरेस्ट आवाज    
     चैत्र ५ गते २०७७ मा प्रकाशित




फाइल तस्बीर

विश्वमै बनेको लामो झोलुङ्गे पुलमध्ये बागलुङ–पर्वत जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलको नाम छनौट गर्न बागलुङ नगरपालिकाले समिति गठन गरेको छ।

नगर उपप्रमुख सुरेन्द्र खड्काको संयोजकत्वमा नगरले गठन गरेको सिफारिस समितिको सदस्यहरुमा सह–प्रध्यापक बिष्णुप्रसाद मैत्रेय, देवबहादुर श्रेष्ठ, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, कुश्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदी र नगरका सूचना अधिकारी युक्तप्रसाद सुवेदी छन्।

सिंगल स्पान प्रबिधिमा बनेको संसारकै लामो पुलको नामाकरणका लागि पेश भएका नामहरुबाट उत्कृष्ट नाम छनौटका लागि बागलुङ नगरपालिकाले छनौट समिति गठन गरेको हो।

बागलुङ नगरपालिका–१ बङ्गेचौरबाट पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गेपुलको नामाकरणको लागि नगरपालिकाले सार्वजनिक सूचना गरेको थियो।

सूचनाका आधारमा प्राप्त नाममध्येबाट आर्थिक सांकृतिक र अन्तराष्ट्रिय महत्व झल्कने हिसावले उपयुक्त ३ वटा नाम सिफारीस गर्नका लागि नगरले सिफारिस समिति बनाएको हा।

नामाकरण गर्नेलाई २५ हजार रुपैयाँ पुरस्कार दिइने नगरप्रमुख जनकराज पौडेलले बताए।

नगरले सार्वजनिक गरेको सूचनाका आधारमा अनलाइन र कार्यालयमार्फत दर्जनौं नामहरु प्राप्त भएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।