पोखरा । पोखरा महानगरपालिका वडा नं. ११ काहुँस्थित धारापानी सामुदायिक वन उपभोक्ता समुहले वन क्षेत्र भित्रका पानीका श्रोतको संरक्षणका साथै पँधेरा र पोखरी निर्माण गरेको छ ।
घरघरमा पानीका धारा पुगेसंगै संकटमा परेका परम्पारगत रुपका खानेपानीका श्रोतबाट वन क्षेत्रको हरियाली प्रवद्र्धन गर्नुका साथै जंङ्गली जनावरलाई समेत खानेपानीको सुविधा पु¥याउने लक्ष्यका साथ पँधेरा संरक्षण तथा पोखरी निर्माण गरिएको हो ।
जंङ्गलको बीच भागमा रहेका धारापानी र रोटेपानीस्थित पानीका श्रोतमा चालु आर्थिक बर्षमा रु. एक लाख ३५ हजारको लागतमा कुवा र पोखरी निर्माण सम्पन्न भएको छ भने टुनेपानी श्रोतको पनि संरक्षण गरिने बन उपभोक्ता समुहका अध्यक्ष कुमार बहादुर क्षेत्रीले जानकारी दिए ।
डिभिजन वन कार्यालय कास्कीबाट पोखरी निर्माण परियोजनाका लागि एक लाख ४५ हजार आर्थिक सहयोग भएको थियो । उक्त बन २०७१ सालमा जिल्लामा द्धितीय स्थान हासिल गरि पुरस्कृत समेत भएको समुहको थियो ।
सुख्खायाममा जङ्गलमा लाग्ने गरेको आगोबाट जोगाउनका लागि अग्नी रेखा निर्माण गरिएको बताउँदै उनले वन सिमानालाई समेटेर गोलाकारमा निर्मित सो रेखालाई साइकलमार्गको रुपमा समेत विकास गरिने सोच रहेको बताए । अग्नी रेखाको कूल लम्वाई चार किलोमिटर रहेको छ ।
“अग्नी रेखाले डढेलोबाट सामुदायिक वनलाई जोगाउनुका साथै हराभरा जङ्गल भित्र साईकल चलाउन सकिने हुँदा आन्तरिक एवम् बाह्रय पर्यटकको छुट्टै नविनतम गन्तव्य बन्ने छ” उनले भने,“ यसबाट सामुदादिक वनमा पर्यापर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्नुका साथै आयआर्जनमा समेत टेवा पुग्ने विश्वास समुहले लिएको छ ।”
कूल २६ हेक्टर क्षेत्रफलमा पैmलिएको उक्त सामुदायिक वनमा एक सय घर धुरी उपभोक्ता आवद्ध रहेका छन्, बनको संरक्षणका लागि बार्षिक ४५ हजार रुपैयामा हेरालोको समेत व्यवस्था गरिएको समुहका सचिव इन्द्रबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार प्रत्येक बर्ष एक पटक बन गोडमेल गर्दा आएको दाउरा हार लगाइन्छ, गोडमेलको अन्तिम दिन गोलातानी बन पैदावार वितरण गर्नुका साथै उक्त दिन रमाईलो बनभोज कार्यक्रमको समेत आयोजना गरिन्छ । यस बर्ष अग्नी रेखा सरसफाईमा दश हजार खर्च भएको थियो ।
समुहका कोषाध्यक्ष तुलसी धितालका अनुसार बन पैदावार बिक्रीबाट आसै आम्दानी नभएपनि पर्यटकीय क्षेत्र काँहु धरधरामा निर्माण गरि सञ्चालनमा आएको धरहरा रेष्टुरेन्टबाट भाडा बापत बार्षिक ७२ हजार रुपैया आम्दानी हुने गरेको छ । प्रत्येक बर्ष १० प्रतिशतका दरले भाडा बृद्धि गरिने सम्झौतामा उल्लेख छ ।
आर्थिक बर्ष २०७७ साउनदेखि फागुन महिनासम्म छ लाख १३ हजार २६५ रुपैया बराबरको आयव्यय साधारण सभामा प्रस्तुत गर्दै उनले यस बर्ष बन गोडानीमा ७८ हजार खर्च भएको थियो भने दाउरा बिक्रीबाट छ हजार रुपैया आम्दानी भएको उल्लेख गरेका छन् ।
पर्यटकीय नगरी पोखराबाट सबै भन्दा नजिक लालिगुँरास फुलेको रमणीय दृश्य देख्न सकिने सो सामुदायिक वन क्षेत्रमा अवस्थित काहुँधरहराबाट वातावरणमैत्री हरिया पहाडका साथै अन्नपूर्ण, माछापुच्छ्रे हिमश्रृखला र पोखरा बजारको समेत मनमोहक दृश्यावलोकन गर्न सकिने छ । उक्त रमणीय स्थलमा यतिखेर बनभोज खाने समुहसंग दैनिक सयौको संख्यामा आन्तरिक पर्यटक जाने गरेका छन् ।
वन समुहको साधारण सभामा पोखरा ११ का वडा सदस्य मिनबहादुर गुरुङ, समाजसेवी लोकबहादुर गुरुङ काहुँ धरहरा संरक्षण समितिका अध्यक्ष सुवेदार ईन्द्रबहाुदर गुरुङ लगायतले खालीस्थानमा आयआर्जन गर्ने खालका वृक्षारोपण गरि हराभरा बनाउनुका साथै यस पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धनका साथै प्रचार प्रसार गरि महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
वन संरक्षण, संवद्र्धनसंगै उपयोग गर्दै आएका समुहले पछिल्लो समय सम्भाव्यता अध्ययनका आधारमा सामुदायिक बन उपभोक्ता महासंघको एक वन ः एक उद्यम सञ्चालन गर्ने अवधारणा अनुसार वनलाई आयआर्जन तथा रोजगारको माध्येम बनाउने कार्यमा जोड दिंदै आएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा दुबई उडानका लागि टिकट बुकिङ खुलेको छ। पोखराबाट सिधैं मध्यपूर्वको गन्तव्यसम्म…







