नेल्टा गण्डकी प्रदेशको भेला तथा अधिवेशन भोलि, तयारी पूरा


     एभरेस्ट आवाज    
     चैत्र ५ गते २०७७ मा प्रकाशित




नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको दोश्रो भेला एवम् अधिवेशन भोलि पोखरामा हुँदैछ । नेल्टा गण्डकी प्रदेशको भेला तथा अधिवेशन भोलि विहान ८ बजेदेखि पोखराको न्यूरोडमा रहेको दीप सागर होटलमा हुन लागेको हो ।

भेलामा गण्डकी प्रदेशभरिका नेल्टामा आबद्ध पशु स्वास्थ्य सेवा प्राविधिकहरुको सहभागिता रहने नेल्टा गण्डकी प्रदेश अध्यक्ष सहदेव पौडेलले जानकारी दिए । भेलाले नया नेतृत्व चयन गर्ने उनले बताए । भेलाले पशु स्वास्थ्य सेवा प्राविधिकहरुको समस्या र त्यसको समाधानका लागि पोखरा घोषणा पत्रसमेत जारी गर्ने उनको भनाई छ ।

नेल्टा गण्डकी प्रदेशको दोश्रो भेला एवम् अधिवेशनको नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको नेल्टाका केन्द्रीय महासचिव सुरेश श्रेष्ठले जानकारी दिए । उद्घाटन कार्यक्रममा सहभागि हुन कार्यक्रमका प्रमुख अतिथि थापा विहीबार नै पोखरा आइसकेको उनले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।