एमाले पोखरा–१६ को शुभकामना आदान प्रदान, सरकार कमजोर भयो: पुर्व प्रदेश प्रमुख प्यासी


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०८३ मा प्रकाशित




नेकपा एमाले वडा कमिटी , पोखरा १६ ले चाडपर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

बाटुलेचौरमा शनिबार आयोजित कार्यक्रमको उद्घाटन गदै, एमाले नेता सोमनाथ अधिकारी ‘प्यासी’ले सत्ता संचालन गर्ने शक्ति नै कमजोर भएको बताएका छन् । संख्याका आधारमा बर्तमान सरकारका प्रधानमन्त्री बलियो भए पनि, सरकार संचालन गर्ने कार्यशैलीमा निकै कमजोर रहेको उनले बताए । कोशी प्रदेशका पुर्व प्रदेश प्रमुख समेत रहेका अधिकारीले सरकार कै कारण देशमा चौतर्फि आक्रमण भएको र यसलाई जनताले टुलुटुलु हेरेर बस्न नसक्ने स्पष्ट पारे । उनले राष्ट्र प्रति उत्तरदायि भएर राजनिति गर्न दलहरुलाई आव्हान गरे । एमालेका केन्द्रीय सदस्य राजीव पहारीले लोकप्रियताका नाममा बर्तमान सरकारले देशलाई सखाप पार्न लागेको आरोप लगाए ।

उनले सुकुम्वासी, साना व्यवसायी, व्यापारी, न्यायिक क्षेत्र, पत्रकारमाथिको धरपकडले मुलुक ठिक ढंगले अगाडी नबढेको स्पष्ट पारे । अर्का केन्द्रीय सदस्य प्रभा कोईरालाले अल्गोरिदम मार्फत समाज विभाजन गर्ने प्रयास भईरहेको बताउँदै, यस तर्फ सचेत रहन आग्रह गरिन् । कार्यक्रममा एमालेका नेता दामोदर वैरागी, चुडामणी जङ्गली,प्रदेश कमिटीका सदस्य जानुका अधिकारी , नेपाली कांग्रेसका वडा इकाई सभापति होमबहादुर बानियाँलगायतले चाडपर्वले सामाजिक एकता र सद्भाव कायम गर्ने बताए ।

वडा कमिटीका अध्यक्ष यमनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सुर्य मोहन आचार्यले गरेका थिए । कार्यक्रममा बिभिन्न पार्टीका स्थानीय नेता, संघ संस्थाका प्रतिनिधिले एक आपसमा शुभकामना आदान प्रदान गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।