गण्डकी प्रदेश खेलकूद विकास समितिका नवनियुक्त सदस्य सचिब तेजबहादुर गुरुङले नियुक्ति पत्र बुझेका छन्।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले एक कार्यक्रमबीच नवनियुक्त सदस्य सचिव गुरुङलाई नियुक्ति पत्र हस्तान्तरण गरेकी हुन्।
सो अवसरमा बोल्दै मन्त्री पुनले नवनियूक्त सदस्य सचिव गुरुङलाई बधाई दिंदै खेलकूद मार्फत गण्डकी प्रदेशको समृिद्धका लागि अगाडि बढ्न आग्रह गरिन्। उनले भनिन, ‘खेलकुदले योग्य र कर्तव्यनिष्ठ नागरिक उत्पादन गर्नेसँगै विश्वमा नेपालको गौरव बढाउने खेलाडी उत्पादनमा भूमिका खेल्ने छ।’
कार्यक्रममा वोल्दै गण्डकी प्रदेश विधायन समितीका सभापती मोहन रेग्मीले गण्डकी प्रदेशको समृिद्धसँगै स्वास्थ्य र सचेतनासँग खेलकुदले युवाहरुलाई विसंगतिविरुद्ध अघि बढ्ने प्रेरणा दिन गण्डकी प्रदेश खेलकूद विकास समिति सफल हुने भन्दै नवनियूक्त सदस्य सचिव गुरुङलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।
सो अवसरमा वोल्दै नवनियुक्त सदस्य सचिब तेजबहादुर गुरुङले सदस्य सचिवसम्म आफूलाई यो अवसर दिएकोमा मुख्यमन्त्री लगायत प्रदेश सरकारलाई आभार व्यक्त गर्दै आफ्नो क्षमताले भ्याएसम्म प्रदेशको खेलकुदको विकासका लागि सँधै समर्पित भएर अघि वढ्ने प्रतिवद्धता जनाए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







