भानुभक्तमा कानुनका विद्यार्थीलाई स्वागत


     एभरेस्ट आवाज    
     चैत्र ६ गते २०७७ मा प्रकाशित




पोखरा । भानुभक्त आवासीय माध्यमिक विद्यालयमा कानून संकायमा अध्ययनरत कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।

पोखराको सिमपानीस्थित विद्यालयमा आयोजित एक कार्यक्रमका विच स्वागत गरिएको हो ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीको आयोजनामा भएको कार्यक्रमको उद्घाटन विद्यालयका प्रधानाध्यापक दिनेश कुमार लामिछानेले गरे । उनले आफ्नो विद्यालय कानून पढाउने गण्डकी प्रदेशकै पहिलो विद्यालय रहेकाले विद्यार्थीको रोजाइमा पर्ने गरेको दावी गरे । उच्च शिक्षामा कानुन अध्ययन गर्नेको विद्यार्थीको संख्या निकै कम रहेको भन्दै उनले विद्यार्थीलाई न्याय सेवामा लाग्ने लक्ष्य लिन सुझाव दिए ।

कार्यक्रममा विद्यालयका कानून संकायका निर्देशक प्रदीप अधिकारीले कानूनका विद्यार्थी अध्ययनशिल हुनुपर्नेमा जोड दिएका थिए । उनले कानूनका कुरा थाहा पाउन बाटोमा खसेको कागजको टुक्रा पनि निकालेर पढ्ने बानी बसाल्नुपर्ने बताए ।

कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतीहरु राखेका थिए ।
कार्यक्रममा कक्षा १२ का औसत पौडेल, कक्षा १२ कै विपना रानाभाट, कक्षा ११ की कविता अधिकारी लगायतले बोलेका थिए ।

कक्षा १२ का भानुभक्त लम्सालको अध्यक्षता सम्पन्न कार्यक्रममा शिक्षकहरु राजकुमार सुवेदी, मनोज अधिकारी, प्रदिप अधिकारी, ईश्वर परियार, सूर्य लामिछाने, विनाखा राना र खगेन्द्र भेटवालले विद्यालयको शैक्षिक सिकाई र कानुन विषयका बारेमा प्रकाश पारेका थिए ।

भानुभक्त आवासीय माध्यमिक विद्यालयले माध्यमिक तहमा कानून संकायको पढाई सञ्चालन गरिरहेको छ ।






सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।