चेम्बरको योजना तर्जुमा गोष्ठी भोलि


     एभरेस्ट आवाज    
     चैत्र ६ गते २०७७ मा प्रकाशित




पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीले दोश्रो वार्षिक साधारण सभा तथा योजना तर्जुमा गोष्ठी शनिबार हुने भएको छ ।

लालीगुँरास सामुदायिक विकास तथा तालिम प्रतिष्ठान नेपालसंगको सहकार्यमा व्यवसायिक क्षमता अभिवृद्धि तालिम गर्ने अध्यक्ष किसान सुनारले बताए । उनले नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले साधारण सभाको उद्घाटन गर्ने जानकारी दिए ।

उनले सभामा राष्ट्र बंैकले जारी गरेको मौद्रिक नीति तथा व्यवसायिक जीवन रक्षा कोषको सफल कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताए ।

लालीगुँरास सामुदायिक विकास तथा तालिम प्रतिष्ठान नेपालका अध्यक्ष गोपाल खड्काले संस्थागत लेखाजोखा कार्यशालामा धनन्जय पौडेल, माधवप्रसाद बराल, भोलानाथ ढकाल, रामचन्द्र पौडेल, डा वेदनाथ शर्माले सहजीकरण गर्ने छन् ।

कार्यक्रममा चेम्बर अफ कमर्स कास्कीका पदाधिकारी, कार्य समितिका सदस्य, इकाई, समिति, उपसमिति र विभागका सदस्यहरुको सहभागिता रहने महासचिव उमराज बास्तोलाले जनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।