होरालो शारदा शिक्षा सदन मावि तनहुँको भानु राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन


     एभरेस्ट आवाज    
     चैत्र ७ गते २०७७ मा प्रकाशित




तस्बीरः एजेन्सी

तनहुँको भानु नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नारेश्वरटारस्थित होमराज लोहनी शारदा शिक्षा सदन मावि च्याम्पियन बनेको छ। विद्यालयले ८ स्वर्ण पदक जित्दै प्रतियोगितामा च्याम्पियन बनेको हो।

प्रतियोगितामा ७ स्वर्णसहित मनोहर माध्यमिक विद्यालय द्धितीय बनेको छ भने त्रिभुवन माध्यमिक विद्यालय ३ स्वर्णसहित तृतीय बनेको छ ।

नगरपालिकाका २६ वटा विद्यालयका विद्यार्थीहरुबीच विभिन्न २८ वटा खेलमा प्रतिस्पर्धा गराइएको थियो। उक्त प्रतियोगितामा सहभागी विद्यालयमध्ये १६ वटा विद्यालयहरूले विभिन्न विधामा पदक तथा प्रमाणपत्र प्राप्त गरे।

यस प्रतियोगितामा प्रथम र द्धितीय स्थान प्राप्त गर्ने खेलाडी विद्यार्थीहरुलाई यही चैत्र २७ र २८ गते जिल्ला सदरमुकाम दमौलीमा आयोजना गरिने जिल्लास्तरीय प्रतियोगितामा सहभागिता गराइने भानु नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।