पोखरामा पिकअप भ्यानको ठक्करबाट १ बालक घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो किलोमिटरमा आज विहान ९ बजेर २० मिनेटमा ग.१च.८३९५ नम्बरको पिकअप भ्यानले ठक्कर दिदा स्थानिय ७ वर्षिय बालक आयाुष नेपाली घाइते भएका हुन् । पैदल यात्रा गरिरहेका बालकलाई भ्यानले ठक्कर दिएको स्थानियको भनाई छ ।
भ्यानको ठक्करबाट घाइते भएका बालक नेपालीलाई तत्काल उद्धार गरेर स्थानिय रिजनल अस्पताल जिरोकिलोमिटरमा लगिएको छ । उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







