पोखरामा भ्यानको ठक्कर सात वर्षे बालक घाइते


     एभरेस्ट आवाज    
     चैत्र ७ गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

पोखरा । शनिबार बिहान पोखराको जिरो किलोमिटरमा भ्यानले ठक्कर दिँदा एक बालक घाइते भएका छन् ।

पोखरा–५ जिरो किलोमिटरमा ग १ च ८३९५ नम्वरको भ्यानको ठक्करबाट पैदल हिँडी रहेका सोही ठाउँका ७ वर्षका आयुष नेपाली घाइते भएका हुन् ।

घाइते नेपालीको जिरो किलोमिटरस्थित रिजनल अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।