पोखराबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ


     एभरेस्ट आवाज    
     चैत्र ७ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । लागूऔषध सहित पोखराबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको उत्तर प्रदेश घर भएका जयराम (२८) लाई लागूऔषध र नगदसहित पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

पोखराको अमरसिंहचोकमा पैदल हिँडी रहेका जयरामलाई वडा प्रहरी कार्यालय रामबजारको मोवाइल टोलीले चेकजाँच गर्ने क्रममा शनिबार बिहान ५ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका जयरामको साथबाट प्रहरीले नुर्फिन–५५ एम्पुल, डाइजापाम–५६ एम्पुल र फेनारगन–५४ एम्पुल गरी जम्मा १६५ एम्पुल लागूऔषध र नगद .अठ्ठाईस हजार तीन सय पैंसठ्ठी रुपैयाँ बरामद गरेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक बिनोद सिलवालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।