प्रदेश स्तरीय विद्यालय चित्रकला प्रतियोगीतामा कुमुदिनिका युकेस प्रथम


     एभरेस्ट आवाज    
     चैत्र ७ गते २०७७ मा प्रकाशित




पोखरा । इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त आयोजनामा सम्पन्न गण्डकी प्रदेश स्तरीय विद्यालय चित्रकला प्रतियोगीतामा कुमुदिनि होम्स मा.वि.का युकेस सुनार प्रथम भएका छन् ।

“क्यानभााषमा बाल मनोबिज्ञान” शिर्षकमा भएको चित्रकला प्रतियोगितामा हिल प्वाईन्ट मा.वि.का सपना नेपाली द्वितीय, कास्की मोर्डनाईज्ड एकेडेमीका जेसिका तिलिजा पून तृतीय र गण्डकी बोर्डिङ् स्कुलका स्वरुप माकाजुले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

विभिन्न विद्यालयका १९७ जना विद्यार्थीहरुबाट उत्कृष्ट १२ प्रतियोगि छनौट गर्दै प्रतियोगिताका विजेता घोषणा गरिएको कार्यक्रम संयोजक विकास पौडेलले जानकारी दिए ।

दोस्रो चरणका लागि छनौट भएका १२ जना प्रतियोगिले कार्यस्थलमा नै बनाएको चित्रको मूल्याङ्कन गरि बिजेता घोषणा गरिएको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका प्रतियोगि विद्यार्थीलाई क्रमशः नगद नौ हजार, छ हजार , तीन हजार र एक हजार सहित मायाँको चिनो र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथी प्राज्ञ तथा बिम्बकवि रमेश श्रेष्ठले वितरण गरे ।

उनले कला र शिक्षा फरक भएको बताउँदै जीवनको ज्ञान कलाले अझ बढी दिन सक्ने उल्लेख गरे । यस्ता खालका कार्यक्रमहरुलाई निरन्तरता दिन पनि आयोजकलाई उनले आग्रह गरे ।

कार्यक्रममा निर्णयक संयोजनमा रहेका बरिष्ठ चित्रकार कृष्ण मर्सानीले कलालाई निरन्तर साधना गर्न सक्ने हो भने व्यक्तित्व विकास र जीवन भोगाईमा निकै असरदार काम गर्ने बताए ।

प्रतियोगिताको निर्णायकमा बरिष्ठ चित्रकार कृष्ण मर्सानी र मनोज तामाङ थिए ।

लायन्स क्लबका अध्यक्ष सुनिल कुमार ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलको स्वागत, प्रञ्जलले कार्यक्रम सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।