भ्रष्टाचारको विरोध गर्दै हाम्रो परिवर्तन नेपालको बजार परिक्रममा


     एभरेस्ट आवाज    
     चैत्र ७ गते २०७७ मा प्रकाशित




पोखरा । भ्रष्टचारको विरोध गर्दै हाम्रो परिवर्तन नेपालले आज पोखरा बजार परिक्रमा गरेको छ ।

पोखराको मानवअधिकार चोकबाट शुरु भएको र्‍याली न्युरोड, सभागृह, पृथ्वीचोक नयाँबजार, महेन्द्रपुल हुुँदै पुनः मानवअधिकार चोकमा सकिएको थियो ।

र्‍यालीमा सहभागीहरुले ‘भ्रष्टाचार हटाऔं, देशलाई बचाऔं र भ्रष्टाचारीको बिरोध गरौं’, ‘परिवर्तन नेपालको मुलभुत आधार नै भ्रष्टाचारको अन्त्य हो’, ‘भ्रष्टाचार र भ्रष्टाचारीलाई बाई–बाई, सन्तुलन नेपाल हाई–हाई’, ‘देशको सम्मन गर्नु नै भ्रष्टचारीको अन्त्य गर्नु हो’ लयातका नारा अङ्कित प्ले कार्ड सहित बजार परिक्रमा गरेका थिए ।

परिक्रमा पछि आयोजित कोण सभामा संस्थाका संयोजक डाक्टर ढाका कुुमार श्रेष्ठले भष्ट्रचारको विरुद्धमा संस्थाको कदम शुरु भएको बताए ।

कार्यक्रममा संयोजक हरि कार्कीले भष्ट्राचारको विरुद्धमा नबोलेमा देशमा बिकास नहुने बताएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।