साङ्केतिक तस्विर
पोखरा । पोखराबाट लागूऔषध सहित दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ स्थायी घर भई हाल रुपन्देहीको सिद्धार्थ नगरपालिका –९ गोलिगढ बस्दै आएका चुडामडी खतिवडा(२०) र सोही ठाउँका गुलाम हुसेन (१९) छन् ।
वडा प्रहरी कार्यालय गगनगौंडाले चेकजाँचका क्रममा उनीहरुलाई प्रतिवन्धित लागूऔषध सहित शनिबार पक्राउ गरेको हो ।
पोखरा–३० पावरहाउस स्थित पृथ्वीराजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट डाईजापान – १०० एम्पुल, फेनेरागन – १०० एम्पुल, नुर्फिन – ९९ एम्पुल गरी जम्मा २९९ एम्पुल सहित मोबाईल सेट २ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत कास्कीबाट आठ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरी प्रवक्ता हमालले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







