गुटबन्दीको अन्त्य गर्दै पार्टी अघि बढ्नेछ : मन्त्री गुरुङ


     रासस    
     चैत्र ८ गते २०७७ मा प्रकाशित




फाइल तस्विर

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टी गुटबन्दीको अन्त्य गर्दै अघि बढ्ने बताएका छन् ।

मन्त्रालयमा आज आयोजित पत्रकारसम्मेलनमा उनले पार्टीमा गुटबन्दीलाई प्रवेश गर्न नदिइने बताउनुभयो । पार्टी, देश र जनताका लागि नै घातक हुने गुटबन्दी स्वीकार गर्ने अवस्थामा आफूहरु नरहेको सरकारका प्रवक्ता मन्त्री गुरुङको भनाइ छ ।

आफूले गरेको गल्ती स्वीकार गरे माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाललाई पनि एमालेमा स्वागत गर्ने उनले बताए । मन्त्री गुरुङले भने, “गल्ती महसुस गरेर आउँछन् भने दाहाललाई पनि पार्टीभित्र स्वागत गरिनेछ ।”

मन्त्री गुरुङले नेकपा ९एमाले० सँग अहिले दुवै हातमा लड्डुु रहेको बताए। उनले पार्टीलाई सरकारमा रहँदा आफूले अघि सारेको समृद्धिको एजेन्डालाई कार्यान्वयन गरेर जाने र प्रतिपक्षमा रहँदा पनि चुनावको तयारी गरेर निर्वाचनमा बहुमत ल्याउने अवसर रहेको उल्लेख गरे। वर्तमान सरकार स्पष्ट बहुमतमा रहेको उल्लेख गर्दै उहाँले अनुचित र सिद्धान्तहीन सम्झौता गरेर सरकार टिकाइरहन पर्ने छैन भने ।

मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको काम शुरु भएकामा मात्रै शिल्यान्यास गर्नुभएको स्पष्ट पारे । उनले ठेक्का सम्झौता, विस्तृत अध्ययन र निर्माण कम्पनीले काम शुरु गरेको आयोजनाको मात्रै सरकारले उद्घाटन गरिरहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।