रूसले ३८ वटा विदेशी भू–उपग्रह राखेर सोयुज अन्तरिक्ष यानलाई अन्तरिक्षतर्फ पठाइएको छ।
कजाखस्तानस्थित बाइकोनुर अन्तरिक्ष केन्द्रबाट सोयुज यान सफलतापूर्वक प्रक्षेपण गरिएको रूसी अधिकारीहरूले बताएका छन्।
विगतमा प्राविधिक कारणवश दुई पटक स्थगित गरिएको उडान हिँजो (सोमबार) सफल भएको रूसी अन्तरिक्ष निकाय रोसकोसमोसले जनाएको छ। अन्तरिक्ष पठाइएका भू–उपग्रहहरू दक्षिण कोरिया, जापान, क्यानडा, साउदी अरेबिया, जर्मनी, इटाली र ब्राजिल समेत १८ वटा मुलुकका छन्।
अन्तरिक्षमा प्रक्षेपण गरिएका भू–उपग्रहमध्ये ट्युनिसिया आफैँले विकास गरेको भू–उपग्रह समेत रहेको छ। यो उपग्रह टेल्नेट दूरसञ्चार समूहले तयार पारेको हो।
सन् २०१८ मा रसियाली र अमेरिकी नासाका अन्तरिक्ष यात्री बोकेर उडेको एउटा सोयुज यानमा प्राविधिक खराबी देखिएपछि आपतकालीन रूपमा सबै यात्री सकुशल पृथ्वीमा अवतरण गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







