पोखरामा छुट्टा–छुट्टै दुर्घटनमा तीन घाइते


     एभरेस्ट आवाज    
     चैत्र १० गते २०७७ मा प्रकाशित




सांकेतिक तस्विर

पोखरा । पोखरामा मंगलबार भएका छुट्टा–छुट्टै दुर्घटनमा तीन जना घाइते भएका छन् ।

मंगलबार बिहान पोखरा–१४ छिनेडाँडामा ग १५ प ४८२ नम्वरको स्कुटरको ठक्करबाट पैदल यात्री गंगाप्रसाद श्रेष्ठ घाइते भएका हुन् ।

सो दुर्घटनमा ठक्कर दने स्कुटर चालक रोशन केसीपनि घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते दुबैको अवस्था मध्यम रहेको गण्डकी प्रदेश प्रहरी कार्याल पोखराले जानकरी दिएको छ ।

यस्तै पोखराको महेन्द्र गुफा नजिकै बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाइते भएको प्रहरीले जनाएको छ ।

मध्यान्ह ११ : ५० बजे पोखरा–१६ स्थित महेन्द्र गुफा नजिकै ग १ ख १५२ नम्वरको बसले लु ६९ प ८२८७ नम्वरको स्कुटरलाई ठक्कर दिँदा पोखरा–२ बाग्लुङ बसपार्क बस्ने १९ वर्षिय गोकर्ण केसी घाइते भएका हुन् ।

घाइते केसीको फिस्टेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।