मध्य पहाडी लोकमार्गको कास्कीको मादीमा काम शुरु


     एभरेस्ट आवाज    
     चैत्र ११ गते २०७७ मा प्रकाशित




पोखरा । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको पुष्पलाल मध्य पहाडी लोकमार्ग खण्डको मादी गाउँपालिकामा काम थालिएको छ ।

गाउँपालिकाका बिभिन्न तीन स्थानमा डोजरको प्रयोग गर्दै रुदी दोभान,काम शुरु गरिएको आयोजना प्रमुख मेघराज मर्सानीले जानकारी दिए । ।

मादी गाउँपालिका खण्डमा कूल १६ किलोमिटर दुरी रहने बताउँदै उनले लोकमार्ग अन्तर्गतका बिभिन्न ठाउँमा कामहरु तिब्ररुपमा अघि बढेको उल्लेख गरे । ।

उनका अनुसार लोकमार्गको कास्की, बागलुङ र पर्वतको कूल २४५ किलोमिटर मध्य ८० प्रतिशत काम सम्पन्न भई सकेको छ । यस खण्डको बिभिन्न १२ ठाउँबाट काम भइरहेको उनले जानकारी दिए ।

मध्य पहाडी क्षेत्रका सर्वसाधारको भाग्य र भविष्यमा महत्वपूर्ण भूमिका खेल्ने ठानीएको लोकमार्गको काम थालिएसंगै मादी र आसपासका स्थानीयमा खुशी छाएको जिल्ला समन्वय समिति कास्कीका सदस्य बृहस्पति सापकोटाले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।