पृथ्वीनारायण क्याम्पस शिक्षा संकाय विभागमा लागेको ताला बुधबार खोलिएको छ।
अनेरास्ववियुले राखेको माग पूरा गर्ने क्याम्पस प्रमुखले प्रतिबद्धता जनाएपछि ताला खोलिएको पीएन क्याम्पस अनेरास्ववियुका संयोजक बिष्णु पोखरेलले जनाए।
बिगत केही समय अगाडिबाट शिक्षा संकाय बिहानी र दिवा दुबै सिफ्टमा अध्ययन–अध्यापन हुनुपर्ने माग राख्दै अनेरास्ववियुले आन्दोलन गरेको थियो।
देशकै ठूलो र उत्कृष्ट क्याम्पस मध्येको पीएन क्याम्पसमा अध्ययन गर्ने गरीब तथा मध्यमबर्गिय विद्यार्थीको माग पूरा गर्न क्याम्पसमा ताला लगाउनु परेको विद्यार्थी नेता पोखरलले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







