तस्बीरः शेषकान्त शर्मा
भुर्जुङखोलादेखि सिक्लेसम्मको पैदलमार्गको प्रबद्र्धन गर्न निस्केको पैदलयात्री पर्यटनकर्मीहरु बुधबार तारा हिलटप पुगेका छन्।
दोस्रो पुनहिलको चिनिएको तारा हिल टपबाट पोखरा बजारको केही भाग, काहूँ धरहरा, पोखरामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलको सुन्दर दृश्य समेत देखिन्छ ।
त्यसैगरी, त्यस स्थानबाट अन्नपूर्ण, धौलागिरी र मनास्लु हिमशृंखलाका हिउँ चुचुरोहरुको मनमोहक दृश्य देख्न सकिन्छ ।
लज/होटल, रेस्टुरेन्ट र होमस्टे जस्ता संरचना नभएकोले पाल तथा बन्दोबस्तीका सामानहरुसहित त्यहाँ पुगेको संयोजक प्रकाश ढुंगानाको भनाई छ ।
यस पदमार्गमा छत्रे उन्यू, विभिन्न प्रजातिका लालिगुराँसको घना जंगल, फलाँट, लेकाली चाँप, विभिन्न प्रजातिका सुनाखरी, सयौं प्रजातिका चराचुरुङ्गी र अन्य बन्यजन्तु पाइने हुनाले विदेशी पर्यटकको लागि पदमार्ग महत्वपूर्ण बन्न सक्छ। त्यस्तै, नेपाली विद्यार्थी, अनुसन्धानकर्ता, नीति निर्माताहरुका लागि समेत यि गन्तव्यहरुमा एकपटक पुग्नपर्ने टोलीका सदस्य तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ल्वाङका पर्यटन सहायक अधिकृत शिव देबकोटाको भनाई छ।
माछापुच्छे« गाउँपालिका र मादी गाउँपालिकाको सीमानामा पर्ने अत्यन्तै रमणीयस्थल तारा हिलटप समुन्द्री सतहदेखि २८०० मिटरको उचाईमा छ।
अखिल नेपाल पर्यटन मजदुर संघको गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगरको अगुवाईमा पर्यटनकर्मीहरु २ रात र ३ दिनका लागि १५ जनाको टोलीले उक्त पदमार्गका यात्रा थालनी गरेका हुन्।
पैदलयात्री पर्यटनकर्मीहरु आज (बिहीबार) कास्कीको रमणीय गाउँ सिक्लेस पुगेर आजै पोखरा फर्कने कार्यक्रम छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


साउन ९ गण्डकी प्रदेशको गाँजा विधेयक फिर्ता भएको छ । गण्डकी प्रदेश…





