प्रतिकात्मक तस्बीर
पोखरा । मोटरसाइकलको ठक्करबाट पोखरामा ७ वर्षिया बालिका घाइते भएकी छिन् ।
पोखरा महानगरपालिका–२५ म्याग्दीचोकमा बिहिवार बिहान मोटरसाइकलले ठक्कर दिंदा सोही ठाँउकी सिवानी खड्का घाइते भएकी हुन् । घाइते खड्कालाई उपचारका लागि फिस्टेल अस्पताल पठाइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सुईंखेतबाट पोखरातर्फ आउँदै गरेको ध १ प ९०७६ नं.को मोटरसाइकलले खड्कालाई ठक्कर दिएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बिनोद सिलवालले जानकारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







