पोखरा रंगशाला
रंगहरुको पर्व होलीको दिन यहि चैत १५ गते आईतबार पोखरा रंगशालामा रमाइलो खेलकुद प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को तत्वाधान तथा क्षेत्रीय र जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा फागु पूर्णिमाको अवसरमा पोखरा रंगशालामा रमाइलो खेलकुद प्रतियोगिता हुने राखेप सदस्य राजेशकुमार गुरुङले जानकारी दिए ।
होलिको दिन गण्डकी प्रदेश स्तरिय खुल्ला ठेलो प्रतियोगिता, खुल्ला डोरी तान्ने प्रतियोगिता, म्यूजिकल चेयर, घैंटो फुटाउने प्रतियोगिता र बाँसको लिंगो चढ्ने प्रतियोगिता आयोजना गरिने राखेप सदस्य गुरुङले बताए । प्रतियोगितामा भाग लिन चाहने खेलाडीले चैत १४ गते अपराह्न ५ बजेसम्ममा नाम दर्ता गराइसक्नुपर्ने उनले बताए । त्यसका लागि क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीलाई ९८५६०००१३९ वा ९८५६०६७६७६ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
रमाइलोका लागि आयोजित ठेलो प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार र तृतीय हुनेले ५ हजारसहित प्रमाण पत्र प्राप्त गर्ने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मणनाथ योगीले जानकारी दिए ।
त्यस्तै, खुल्ला डोरी तान्ने प्रतियोगिता, म्यूजिकल चेयर, घैंटो फुटाउने प्रतियोगिता र बाँसको लिंगो चढ्ने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई आकर्षक पुरस्कार प्रदान गरिने राखेप सदस्य राजेश गुरुङले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







