खानेपानीको ब्यवस्था सरकारले गर्ने हो : सांसद कोइराला


     एभरेस्ट आवाज    
     चैत्र १३ गते २०७७ मा प्रकाशित




कास्की क्षेत्रनं १(१)का प्रदेश सांसद दीपक कोइरालाले जनतालाई आधारभूत खानेपानी सेवा दिनु सरकारको दायित्व भएको बताएका छन्।

आफ्नै निर्वाचन क्षेत्र पोखरा ३२ खुदी खोला बस्तीमा बिहबिार एक लाख लिटरको खानेपानी ट्याङ्कीको शिलान्यास गर्दै सांसद कोइरालाले उक्त कुरा बताएका हुन।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति समेत रहेका कोइरालाले निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तरगत उक्त ठाउँको लागि १२ लाख रुपैया बिनियोजन गरेर ट्याङ्की निर्माण हुन लागेको उल्लेख गरे। जनतालाई आधारभूत खानेपानीको सेवा पु¥याउने काम सरकारको भएको उनको भनाई थियो।

कोइरालाले प्रदेश सरकारले प्रदेशका नागरिकलाई आधारभूत खानेपानी पु¥याउने लक्ष्य अनुरुप ‘एक घर, एक धारा’ कार्यक्रमबाट ३ लाख भन्दा बढी जनसंख्या लाभान्वित भएको बताए । प्रदेशका सवै नागरिकलाई आधारभूत खानेपानी सेवा पु¥याउने विशेष कार्यक्रम पनि प्रदेशमा संचालनमा रहेको उनको भनाई थियो।

यद्यपी, सरकारको नजर नपुगेको ठाउँमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत भएपनि सम्बोधन गर्ने गरेको जनाए। नेकपा माओबादी केन्द्रका नेता समेत रहेका युवा नेता कोइरालाले योजना निर्धारित समयमै गुणस्तरीय कार्य गरेर सम्पन्न गर्न उपभोक्ता समितिलाई आग्रह गरे।

खुदीखोला खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुन मल्लले ८ सय ४८ घरधुरी रहेको उक्त क्षेत्रमा खानेपानी संकलन ट्याङ्की कम क्षमताको हुँदा स्थानीयले समस्या भोग्दै आएकोमा अव भने खानेपानीको संकलनको समस्या नहुने बताए। सांसद कोइरालाले आफूहरुको ठाउँको समस्या बुझेर काम गरेको भन्दै मल्लले धन्यबाद समेत दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।