विद्यालय स्तरिय खेलाडी विवेक सुनारको शिक्षा शुल्क तिरिदिने घोषणा गरेका राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेशकुमार गुरुङले शुक्रबार रकम हस्तान्तरण गरेका छन् । शान्ता माविका भलिबल खेलाडी विवेक सुनारको ३ वर्षका लागि शिक्षा शु्ल्क तिरिदिने घोषणा गरेका गुरुङले शुक्रबार उनलाई रकम हस्तान्तरण गरेका हुन् ।
कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरामा भइरहेको तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिताको समापन कार्यक्रममा राखेप सदस्य गुरुङले विद्यार्थीसमेत रहेका खेलाडी विवेक र उनकी आमालाई ३ वर्षका लागि लाग्ने शैक्षिक शुल्क वापतको ३६ हजार हस्तान्तरण गरेका हुन् ।
सुनार शान्ता मावि भकुण्डेमा कक्षा ११ मा अध्ययनरत छन् । सामुदायिक विद्यालय भएकाले मासिक ५ सय रुपैयाँ मात्रै शुल्क लाग्ने बताइएको छ । त्यसका अलावा भर्ना शुल्कलगायत गरेर ३ वर्षको कुल ३६ हजार लाग्ने भएकाले सो बराबरको रकम हस्तान्तरण गरेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
कास्की जिल्ला भलिबल संघले पनि भलिबलका कुशल खेलाडीको पहिचान गरि उनीहरुको अध्ययन खर्च बेहोर्ने नीति लिदै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







