तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रदेशस्तरीय प्रथम मेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ।
नगरपालिकाको आयोजनामा सुरु भलिबल प्रतियोगितामा मादी गाउँपालिकाले विजय सुरुआत गरेको छ।
शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका (बी) लाई २५–१७ र २५–१७ को सोझो सेटले पराजित गर्दै मादी गाउँपालिकाले विजय शुरुवात गरेको हो ।
खेलाडीलाई खेलतर्फ आकर्षित गराउन र राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा १५ पालिकाको सहभागिता छ। प्रतियोगितामा आयोजक शुक्लागण्डकीको २ टिमसहित स्याङ्जाको पुतलीबजार नगरपालिका, कालीगण्डकी नगरपालिका, हरिनाश गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, मादी गाउँपालिका, बागलुङको गलकोट नगरपालिका, तनहुँको ऋषिङ गाउँपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका, व्यास नगरपालिका र नवलपुरको बौदीकालिका गाउँपालिकाको सहभागिता रहेको प्रतियोगिता व्यवस्थापन समितिका संयोजक दीर्घबहादुर थापाले जानकारी दिएका छन्।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १ लाख ५० हजार, एक लाख, ५० हजार र २५ हजार रुपैयाँ नगदका साथै शिल्ड र कप पाउनेछन्। उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कष्ट ब्लकर, उत्कृष्ट डिफेन्डरलाई पनि ५÷५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


साउन ९ गण्डकी प्रदेशको गाँजा विधेयक फिर्ता भएको छ । गण्डकी प्रदेश…





