फाइल फोटो
काठमाडौं । आज नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री समेत रहेका नवीन्द्रराज जोशीको निधन भएपछि केन्द्रीय कार्यसमितको आकस्मिक बैठक बस्न लागेको हो ।
बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा बोलाइएको छ । बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।
नेता जोशीको पार्थिव शरीर आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने कांग्रेसले जनाएको छ ।
गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उहाँलाई उपचारार्थ वीर अस्पताल हँुदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो । विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मनुभएका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





