त्रिदेशीय कप फुटबलमा बङ्गलादेशविरुद्ध खेल्दै नेपाल


     एभरेस्ट आवाज    
     चैत्र १४ गते २०७७ मा प्रकाशित




काठमाण्डौं । काठमाण्डौंमा जारी त्रिदेशीय कपमा आज नेपालले समूह चरणको अन्तिम खेल बंगलादेश विरुद्ध खेल्दै छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा जारी खेल शनिबार साँझ दशरथ रंगशालामा हुँदैछ ।

नेपाललाई आजको खेलमा बंगलादेशलाई हराउन कित बराबरीमा रोक्नै पर्ने दवाव छ । नेपाल बंगलादेशसँग दुई भन्दा बढी गोल अन्तरले पराजित भएको खण्डमा किर्गिस्तान फाइनल पुग्नेछ ।नेपालको फाइनल खेल्ने सम्भावना सकिनेछ ।

यसअघि, त्रिदेशीय कपको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानलाई १–० गोल अन्तरले पराजित गरिसकेको छ । दोस्रो खेलमा नेपाल र किर्गिस्तानले गोलरहित बराबरी खेलेका थिए । सो खेलमा बराबरी खेलेपछि आज नेपाली टोली दवावमा परेको हो । त्यसैले यस खेल नेपालका लागि महत्वपूर्ण रहेको छ ।

प्रतियोगितामा बंगलादेशले १ खेलमा ३ अंक जोडेको छ । नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ । बंगलादेश भने यस अघि नै फाइनल पुगिसकेको छ । जसको कारण बंगलादेश नेपालविरुद्ध डररहित मैदान उत्रनेछ ।

त्रिदेशीय कपमा नेपाल र बंगलादेशले सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारेका छन् । राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धाको फाइनल सोमबार हुनेछ।

नेपाल र बंगलादेशबीच यसअघि २१ खेल भएका छन् । जसमा बंगलादेशले १२ खेल जितेको थियो । नेपाल ६ खेलमा विजयी भएको छ भने ३ खेल बराबरीमा टुंगिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।