खुदी खोलामा मोटरेवल पुल पहल गर्छु : सांसद कोइराला


     एभरेस्ट आवाज    
     चैत्र १४ गते २०७७ मा प्रकाशित



पोखरा । पोखरा महानगरपालिका वडानं ३० र ३२ जोडने सात मुहाने खुदी खोलामा मोटरेवल पुल निर्माण हुने भएको छ ।

कास्की क्षेत्रनं १(१)का प्रदेश सांसद दीपक कोइरालाले शनिबार स्थलगत अवलोकनसंगै दुवै वडाका जनप्रतिनिधि र स्थानीयहरु संगको छलफलपछि कोइरालाले सो कुरा बताएका हुन् ।

अर्थ तथा विकास समितिका सभापति समेत रहेका सांसद कोइरालाले महानगर, प्रदेश सरकार विच आफुले छलफल गरेर खुदी खोलामा पुल निर्माण जसरीपनि गर्ने प्रतिवद्धत्ता व्यक्त गरे ।

दुवै वडाका स्थानीयले राखेका भनाईहरु आ–आफ्नो ठाउँबाट ठिक देखिएपनि खुदी खोलामा दुईवटा पुल निर्माण नगरे सम्म समस्या समाधान नहुने उनको भनाई थियो ।

वडानं ३२ का वडाध्यक्ष अक्कल बहादुर कार्कीले प्रदेश सांसद, वडाका जनप्रतिनिधि र स्थानीय विच भएको छलफलले समस्याको समाधान दिने बताए । वडानं ३० का जनप्रतिनिधि सोमलाल कंडेल, चोला बराल, ३२ का विष्णु तिवारी ३२ का उपभोक्ता अर्जुन मल्ल, जेवी घले, ३०का उपभोक्ता कृष्ण पौडेल लगायतले पुल निर्माण नहुँदा स्थानीयलाई र रुपा बाट शव ल्याउन समेत समस्या परेको गुनासो गरे ।

विकासको लागि आफुहरु बाधक नभए तर जहाँ बढी समस्या हो त्यहीबाट विकास शुरु हुनुपर्ने अर्जुन मल्ल र जेवी घलेको भनाई थियो भने कृष्ण पौडेलले डिपिआर पनि भइसकेकोले वडानं ३० मा पर्ने कजवेमै पुल निर्माण हुनुपर्नेमा जोड दिए ।

प्राथामिकताको आधारमा विकास निर्माण हुनुपर्नेमा वडा छुट्टाएर विकास गर्न लागेको भन्दै स्थानीयले आक्रोश पोखेका हुन । वडानं ३० का जनप्रतिनिधिले भने अहिले योजना नभएर २०७५–०७६कै रातो कितावमा परेको बजेट कोरोनाको कारण यस बर्ष काम शुरु हुन थालेको जनाएका छन् ।

आजको छलफलमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।