पोखराका सरोज लागूऔषधसहित कावासोतीबाट पक्राउ


     एभरेस्ट आवाज    
     चैत्र १४ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । पोखरा–२७ का सरोज बराल लागूऔषध सहित नवलपुर पूर्वबाट पक्राउ परेका छन् ।

शनिबार पश्चिमबाट पूर्व जाँदै गरेको बसमा प्रहरी चेकजाँचका क्रममा बराल कावासोतीबाट पक्राउ परेका हुन् ।

नवलपुर वर्दघाट सुस्ता पूर्वको कावासोती नगरपालिका–१६ चालिस किलो जंगल अन्र्तगत पूर्व–पश्चिम राजमार्गमा चेकिङका क्रममा नुर्फिन २५ एम्पुल, फेनारगन २५ एम्पुल र डाईजापाम २५ एम्पुल गरी जम्मा ७५ एम्पुल लागूऔषध सहित पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।