काठमाण्डौं ।नेपाल थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलकोे अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको हो ।
बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगिसकेको छ । बंगलादेशले २ खेलमा ४ अंक जोडेको छ । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको थियो ।
यस्तै नेपाल जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलमा लिगको दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको छ । नेपालले २ खेलमा २ अंक जोड्यो ।
यसबराबरीसँगै नेपालले पहिलो खेलमा किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरी खेलेको थियो ।
किर्गिस्तान भने १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको थियो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
अब नेपालले सोमबार हुने फाइनलमा बंगलादेशसँग नै खेल्नेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







