लेखनाथ । लेखनाथ पत्रकार मञ्चको दोश्रो अधिवेशनले कविराज खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन सर्वसम्मत गरेको छ ।
मञ्चको उपाध्यक्षमा सुमन जि.सी., सचिवमा विष्णुहरि पौडेल, कोषाध्यक्षमा राजन परियार, सह–सचिवमा सचिन रानाभाट चयन भएका छन् ।
यस्तै सदस्यहरुमा महेन्द्र ढुङ्गाना, रामशरण नेपाली, ज्योति हमाल, कृष्णप्रसाद लामिछाने, विशाल वि.क., सुजित परियार र सञ्जय आचार्य र ऋषिराम रानाभाट रहेका छन् ।
त्यसैगरी परशुराम आचार्यको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ ।
यस अघि उद्घाटन सत्रमा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमल्सिनाले संस्था जन्माउनु मात्र ठूलो कुरा नभई संस्थालाई निरन्तरता दिनु ठूलो कुरा भएको बताउदै यस क्षेत्रका हरेक सामाजिक क्षेत्रमा मञ्चले गरेको सामाजिक कार्यको प्रसंसा गरे ।
पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य रामजी लम्सालले सिष्ट भाषामा सूचना लिनु पर्ने बताउदै पत्रकारहरुको कार्यक्षमता अभिवृद्धि गर्ने कार्यमा जुट्न आग्रह गरे ।
कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलले पेशागत हकहितका लागि सम्पूर्ण पत्रकारहरु एक जुटहुनु पर्ने बताउदै पत्रकारितालाई समाज सेवाको रुपमा लिन आग्रह गरे ।
प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालले नेतृत्वले संस्थालाई चलायमान बनाउनु पर्ने वताउदै लेखनाथ क्षेत्रको समृद्धिका लागि अगाडि बढ्न सुझाव दिए ।
निवर्तमान अध्यक्ष भीमपाणि वरालको अध्यक्षतामा सम्पन्न साधारण सभा एवं अधिवेशनमा मञ्चका सल्लाहकार हरि बास्तोला, मञ्चका सल्लाहकार परशुराम अचार्य, संञ्चारिका समुह गण्डकी प्रदेशका संयोजक स्मीता अधिकारी, सूचना सञ्जाल कास्कीका सह संयोजक शिवराज वस्ताकोटी, दलित प्रत्रकार संघ कास्कीका अध्यक्ष रामशरण नेपाली लगायतले बोलेका थिए ।
कार्यक्रममा मञ्चका सचिव विष्णुहरि पौडेलले प्रस्तुत गरेको सचिवको प्रतिवदेन र कोषाध्यक्ष सन्दिप पौडेलको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । भने सस्थाका उपाध्यक्ष कविराज खनालले धन्यवाद ज्ञापन गरेका थिए । नयाँ कार्य समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका महेश्वर पाण्डे, भरतप्रसाद तिवारी र रामजी होझाले सपथ ग्रहण गराएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







