आयोजक शुक्लाण्डकी ‘ए’ फाइनलमा


     एभरेस्ट आवाज    
     चैत्र १५ गते २०७७ मा प्रकाशित




आयोजक शुक्लागण्डकी ‘ए’ जारी गण्डकी प्रदेश अन्तर्गतका पालिकास्तरीय मेयरकप पुरुष भलिबलको फाइनल प्रवेश गरेको छ।

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा घिरिङ गाउँपालिकालाई हराउँदै शुक्लागण्डकी ‘ए’ ले फाइनल यात्रा तय गरेको हो।

गाउँफर्कोदय माविको खेलमैदान ढोरफिर्दीमा घरेलु दर्शकको भरपुर साथ पाएको शुक्लागण्डकी ‘ए’ ले २५–१४, २५–२३, २२–२५, १६–२५ र १५–९ले घिरिङलाई हरायो। फाइनलमा शुक्लागण्डकी ‘ए’ बाग्लुङको गल्कोट नगरपालिका र कास्कीको मादी गाउँपालिकाबीचको विजेतासँग आमनेसामने हुनेछ। आइतबार विहान दोस्रो सेमिफाइनल हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेयर कप संचालन तथा व्यवस्थापन समिति संयोजक एवं शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापाले जानकारी दिए। उनका अनुसार दोस्रोले एक लाख, तेस्रोले ५० हजार रुपैयाँ र सान्त्वनाले २५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।