पोखरा । नवलपरासी पूर्वमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गएराती कावासोती नगरपालिका–१७ को गोछाडास्थित भित्री सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ३८ प ९७९८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा सोही स्थानका देवेन्द्र महत्तोको मृत्यु भएको हो ।
उनी सवार मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका महत्तोको आइतबार राती ११ः४० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै दुर्घटनमा घाइते भएका सोही स्थानका १८ वर्षिय तेजनारायण महत्तोको सेन्ट्रल अस्पताल भरतपुर चितवन पठाइएको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







