आज चैत्र महिनाको १६ गते अर्थात नेपाल पत्रकार महासंघको ६६ औं स्थापना दिवस।
नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ आजको दिनबाट आफ्नो स्थापनाको ६६ औं वर्षमा प्रवेश गर्दैछ ।
हरेक वर्षको चैत्र १६ गते आज देशभर तथा विश्वभर छरिएर रहेका महासंघमा आबद्ध १३ हजार सदस्यहरुले महासंघ स्थापना दिवस मनाउँदै आएको छ। वि.स. २०१२ चैत्र १६ गते नेपाल पत्रकार महासंघको स्थापना भएको थियो।
यही चैत्र महिनाको २५ गते हुन गइरहेको पत्रकार महासंघको आसन्न २६ औं अधिवेशनबाट नयाँ नेतृत्वका लागि नेपाल प्रेस यूनियन, प्रेस संगठन नेपाल लगायतका संगठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन्।
संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गरेका छन्।
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि पाँच जनाले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । महासंघको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेद्वारी मनोनयनको नामावलीअनुसार अध्यक्षमा मात्रै ५ जनाको उम्मेद्वारी परेको हो।
जसमा २ जनाबीच कडा प्रतिष्पर्धा हुने अनुमान छ। माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्षसँग गठबन्धन गरेको प्रेस युनियनले विपुल पोखरेल लाई अध्यक्षको उम्मेद्वार बनाउँदा प्रेस चौतारीले एक्लै अध्यक्षमा चुनाव लड्न पहिलोपटक महिलालाई अघि सारेको छ।
प्रेस चौतारीबाट निर्मला शर्माको उम्मेद्वारी दर्ता भएको छ। उनी महासंघको अध्यक्षका लागि उम्मेद्वारी दिने पहिलो पत्रकार महिला हुन्। चुनाव जितेमा उनले इतिहास रच्नेछिन् । यस्तै अध्यक्षमा गजेन्द्र बुढाथोकी, दीपक पाठक र रामप्रसाद दाहालको पनि उम्मेद्वारी परेको छ।
वरिष्ठ उपाध्यक्षमा ध्रुब लम्साल, माधव नेपाल, रमेश बिष्ट र रामजी दाहालको उम्मेद्वारी छ। महिला उपाध्यक्षमा भने बाला अधिकारी र दाना सुवेदी चुनावी दौडमा छन्। यस्तै, महासचिवमा राजेश मिश्र, रोशन पुरी, बालकृष्ण बस्नेत र सुबोध गौतमले उम्मेद्वारी दर्ता गराएका छन्। सचिवमा खुल्ला, महिला, समाबेशी, एशोसिएटतर्फ पनि उम्मेदवारी परेको छ।
यस्तै, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, कृष्ण गिरी, दिलिप पौडेल, प्रकाश थापा, माधव दुलाल र मीनबहादुर बमले उम्मेद्वारी दिएका छन्। सदस्य पदमा पनि धेरै पत्रकारको उम्मेद्वारी परेको छ। पत्रकार महासंघमा नयाँ कार्यसमितिका लागि २५ गते चुनाव हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







