बागलुङको गलकोट नगरपालिकाले तनहुँ शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको मेयर कप भलिबलको च्याम्पियन बनेको छ।
गलकोटले आयोजक शुक्लागण्डकीलाई २५–१६, २४–२६, २५–२१ र २५–१६ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बनेको हो ।
उपाधिसहित गलकोटले १ लाख ५० हजार रुपैयाँ जित्यो भने उपविजेता शुक्लागण्डकीले १ लाख रुपैयाँमा चित्त बुझायो । त्यसैगरी तेस्रो स्थानमा भने कास्कीको मादी गाउँपालिकाले ५० हजार पुरस्कार जित्यो।
मादी गाउँपालिकाले तनहुँको घिरिङ गाउँपालिकालाई २५–२३, २९–२७, २५–२२ र २५–२० को सेटमा पराजित गरेको थियो। शान्त्वना स्थानमा चित्त बुझाएको घिरिङले २५ हजार पुरस्कार पायो।
विजेता टोलीलाई गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री किरण गुरुङले नगदसहित ट्रफी प्रदान गरेका थिए। प्रतियोगितामा गल्कोट नगरपालिकाका विमल परियार उत्कृष्ट खेलाडी घोषित भए।
त्यसैगरी उत्कृष्ट स्पाईकर मादी गाउँपालिकाका सफल विक, बेष्ट सेटरमा गल्कोट नगरपालिकाका मिन सुनार, बेष्ट सर्भरमा गल्कोट नगरपालिकाकै प्रकाश सुनार, बेष्ट ब्लकरमा शुक्ला गण्डकीका मिनबहादुर कुमाल, बेष्ट डिफेण्डरमा गल्कोट नगरपालिकाका रिजन राना र उदियमान खेलाडीमा शुक्ला गण्डकीका प्रदीप गुरुङ छन्।
उत्कृष्ट खेलाडीले नगद १० हजार तथा अन्य विधाका खेलाडीले नगद ५/५ हजार रुपैयाँ जनही प्राप्त गरेका छन्। प्रतियोगितामा विभिन्न १५ टोलीको सहभागिता थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







