प्रतिकात्मक तस्बीर
वायु प्रदुषण विश्लेषण गर्ने संस्था आइक्यूएको नक्सामा सोमबार पृथ्वीको धेरै भाग रातो देखिएको छ।
रातो भागभित्र काठमाडौंसमेत पर्दछ । नक्सामा रातो रङले अस्वस्थकर वायुको संकेत गर्छ।
केही दिनयता नेपालसहित एसियाली देशहरुमा प्रदूषण विकराल देखिन्छ। वातावरणविद्हरुका अनुसार पहिलोपटक नेपालको प्रदूषण हिमाली भाग नाघेर तिब्बलसम्मै पुगेको छ।
आईक्यूएअरको तथ्यांकले ५ दिनयता नेपालसहित एसियाली मुलुकमा तुँवालोको अवस्था विकराल बन्दै गएको देखाएको छ।
नेपालमा भने पूर्वी भागमा, तराई, पहाड र हिमालसम्मै तुँवालोले सीमा नाघेको छ। म्यानम्यारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दकुश हिमालय क्षेत्रमा प्रदुषण बढी देखिन्छ। यो अवस्था अझै केही दिन बदलिने देखिदैन।
नेपालमा एकाएक प्रदूषण बढ्नुमा दुई कारण छन्। तल्लो तहको वायु माथि जान पाएको छैन। अर्थात, नेपालमा उच्च चापीय क्षेत्रको असर परेको छ। तलको वायु माथि जान पाएको भए केही हदसम्म प्रदुषण हट्थ्यो।
अहिले कति पनि हावा चलेको छैन। अर्को डढेलोजन्य गतिविधि हो। नेपालमा मात्र होइन। भारतका विभिन्न स्थानमा ठूलो मात्रामा कृषिकार्यका लागि आगो बाल्दा निस्किएको धूँवा काठमाडौंसम्मै आइपुगेको हो। नेपालका वनमा मात्र लागेको डढेलोले यति असर गरेको होइन।
श्रोतःकान्तिपुर
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





