नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आज (बिहीबार) स्थायी कमिटी बैठक बोलाएको छ।
बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने माओवादी श्रोतले बताएको छ।
श्रोत अनुसार बैठका नयाँ सत्ता समीकरण, सरकारलाई दिएको समर्थन फिर्तालगायतका विषयमा छलफल गर्नेछन्। तर, यसको निर्णय आजै हुन्छ या हुन्न भन्नेबारे निधो भएको छैन।
फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि अलग्गै दलको रूपमा व्यूँतिएको माओवादी केन्द्र सरकारबाट अलग भइसके पनि उसले अहिलेसम्म समर्थन फिर्ता लिएको छैन।माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदा नयाँ सरकार गठनमा अन्यौलता छाएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







