एमाले माधव समूहको कास्की संयोजकमा धनराज, सचिवमा होमबहादुर


     एभरेस्ट आवाज    
     चैत्र १९ गते २०७७ मा प्रकाशित



नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिवादी (नेकपा एमाले)को माधव नेपाल समूहले कास्कीमा समानान्तर कमिटी गठन गरेको छ । नेपाल समूहको विहीबार पोखरामा भएको भेलाले समानान्तर कमिटी घोषणा गरेको हो । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा भएको भेलाले नेकपा एमाले माधव नेपाल समूहको कास्की संयोजकमा धनराज आचार्यले चयन गरेको छ । सोहि भेलाले होमबहादुर नेपालीलाई सचिवमा चयन गरेको छ । कार्यक्रममा बरिष्ठ नेता नेपालले समानान्तर कमिटी घोषणा गरे ।

नेपाल समूहको संयोजकमा चयन भएका आचार्य स्वर्गिय पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका सहपाठी हुन् । आचार्य नेकपा एमालेका पूर्व जिल्ला कमिटी सदस्य तथा पृथ्वी नारायण क्याम्पस पोखराका पूर्व स्ववियू सभापति हुन् । लायन्स अन्र्तराष्ट्रिय ३२५ बि १ का पूर्व गभर्नरसमेत रहेका उनी हाल एमाले निकट नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय अध्यक्षपनि हुन् ।

सचिव बनेका होमबहादुर नेपालीपनि पूर्व जिल्ला कमिटी सदस्य तथा पृथ्वी नारायण क्याम्पस पोखराका पूर्व कोषाध्यक्ष हुन् । राजिव पहारी स्ववियू सभापति हुँदा उनी कोषाध्यक्ष थिए । नेपाली यसअघीको जिल्ला अधिवेशनमा जिल्ला उपसचिव पदमा पराजित उमेद्वार हुन् ।

संयोजक र सचिव चयन गरेको नेपाल समूहले अर्को भेलाबाट कमिटीलाई पूर्णता दिने जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।