पोखरा । क्यान्सर रोगबाट पीडित तनहुँका फोटोग्राफर विकास दरैको उपचारमा सहयोग जुटाउन फोटो प्रदर्शनी गरिने भएको छ । व्यास नगरपालिका–४ निवासी विकास क्यान्सर रोगबाट पीडित भएर भारतमा उपचाररत् छन् ।
विकासको उपचारमा सहयोग जुटाउने उदेश्यले दमौलीमा चैत २० गते उक्त फोटो प्रदर्शनी हुने भएको हो । प्रदर्शनीमा विकासले खिचेका फोटोहरु राखिने छ । प्रदर्शनीमा राखिने फोटोहरु विक्री गरिने र जम्मा भएको रकम विकासको उपचारको लागि सहयोग गरिने उनका साथी सनम अधिकारीले जानकारी दिए ।
विकासको घरको आर्थिक अवस्था कमजोर रहेकाले उपचार खर्च धान्न सक्ने अवस्था छैन । उनको परिवारले विकासको जीवन रक्षार्थ सबैसँग सहयोगको अपील गरेको छ । केही व्यक्ति तथा संघसंस्थाको समन्वयमा उपचारको लागि रकम जुट्ने क्रम पनि सुरु भएको विकासको परिवारले बताएको छ ।
देशका विभिन्न ठाँउमा पुगेर तस्विरहरु कैद गर्दै आएका विकास तनहुँका कुशल फोटोग्राफर हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







