सन् २०२३ मा हुने महिला विश्वकप अष्ट्रेलियाका ५ शहर र न्यूजिल्याण्डका ४ शहरमा हुने भएको छ।
प्रतियोगिताअन्तर्गत उद्घाटन अक्ल्याण्डमा हुने भएको छ भने फाइनल सिड्नी मैदानमा हुनेछ।
फिफाले दुई बर्षपछि हुने महिला विश्वकपको शहरको घोषणा गर्दै न्यूजिल्याण्ड र अष्ट्रेलियाका शहरमा हुने निश्चित गरेको हो ।
यो विश्वकपमा कुल ३२ टिमले भाग लिनेछन। महिला विश्वकपका पहिलो पटक २ देशका ९ शहरमा आयोजना हुने भएको हो । जसमा कुल १० स्टेडियममा ६४ वटा खेलहरु हुनेछन।त्यसमा दुई खेल सिड्नी क्रिकेट मैदानमा हुनेछन। यसअघि सन् २०१९ मा फ्रान्समा भएको विश्वकपमा नौ स्टेडियममा खेलाइएको थियो।
सन् २००० मा भएको सिड्नी ओलम्पिकपछि अष्ट्रेलियामा ठूलो प्रतियोगिता हुन लागेको हो । सन् २०२३ को जुलाईमा हुने उद्घाटन खेल अक्ल्याण्डको इडेन पार्कमा हुनेछ। यो विश्वकप अष्ट्रेलियामा एडीलेड, ब्रिसबेन, मेलबर्न, पर्थ, सिड्नीमा हुनेछ भने न्यूजिल्याण्डमा अक्ल्याण्ड, डुडेडिन, ह्यामिल्टन, विलिङटनमा हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







