गेस एण्ड विनका विजेता सुनिल गौतमलाई पुरस्कार


     एभरेस्ट आवाज    
     चैत्र २२ गते २०७७ मा प्रकाशित




पोखरा । आहा रारा गोल्डकप गेस एण्ड विनका विजेतालाई एभरेस्ट एफएमले पुरस्कार वितरण गरिएको छ ।

सहारा क्लवको आयोजनामा पोखरामा जारी आहा रारा गोल्डकपलाई आधार बनाएर एफएमले सोधेको प्रश्नको सही अनुमानित जवाफ दिने पर्वतको मोदी गाउँपालिका–७ का सुनिल गौतमलाई आज पुरस्कार वितरण गरिएको हो ।

१९ औं संस्करणको आहा रारा गोल्डकप अन्र्तगतको उद्घाटन खेल कस्ले जित्ला भनि सोधिएको प्रश्नको अनुमानित जवाफ एसएमएस मार्फत दिएका गौतमलाई गोलाप्रथाबाट विजयी घोषणा गर्दै रंगशालामा आज पुरस्कार वितरण गरिएको एफएमका मार्केटिङ निर्देशक भोलाकुमार श्रेष्ठले जानकारी दिए ।

विजेता गौतमलाई पोखरा रंगशालामा हिमश्री फुड्सका निर्देशक रोशन केसीले कालिका मोवाइल ट्रेडर्सका सिता भवन महेन्द्रपुलकोतर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्सको उत्पादन आहा रारा एक कार्टुन चाउचाउ सहित पुरस्कार वितरण गरेका हुन् ।

शनिबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लव पोखरा र विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ विचको खेलमा १–० गोल अन्तरले एपिएफ विजयी भएको थियो ।

एफएमले गोल्डकप अवधीभर प्रत्येक दिन बेलुका ८ बजेबाट आहा रारा गोल्डकप विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । साथै प्रत्येक दिन सोधिने प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई कालिका मोवाइल टे«र्डसको तर्फबाट एक थान मोवाइल सेट, आहा रारा चाउचाउ तथा अन्य आर्कषक पुरस्कारको व्यवस्था गरेको छ ।

एक विदेशीसहित ८ टोलीको प्रतिश्पर्धा रहने गोल्डकपमा कस्ले जित्ला भनि सोधिएको प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई महाविजेता घोषणा गर्दै डिजिटल साउण्ड एण्ड भिजनको तर्फबाट ४० इन्चको एमआई स्मार्ट टेलिभिजन पुरस्कार स्वरुप प्रदान गरिने निर्देशक श्रेष्ठले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।