अफ्रिकन रुटले जित्ने अनुमान गरेकी सापकोटा भइन् विजेता


     एभरेस्ट आवाज    
     चैत्र २३ गते २०७७ मा प्रकाशित



चैत्र २३ पोखरा । मादी गाउँपाकिला–७ छाचोककी मनिसा सापकोटाले आहा रारा गोल्डकप गेस एण्ड विनको दोस्रो पुरस्कार प्राप्त गरेकी छन् ।

एभरेष्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएमले सोधेको प्रश्नको अनुमानित सही जवाफ एसएमएस मार्फत दिएकी सापकोटालाई सोमबार पोखरा रंगशालामा पुरस्कार प्रदान गरिएको हो ।

विजेता सापकोटालाई पोखरा रंगशालामा हिमश्री फुड्सका निर्देशक प्रकाश केसीले कालिका मोवाइल ट्रेडर्सका सिता भवन महेन्द्रपुलकोतर्फबाट एक थान मोवाइल र हिमश्री फुड्सको उत्पादन आहा रारा एक कार्टुन चाउचाउ सहित पुरस्कार प्रदान गरे ।

एफएमले आइतबार भएको मछिन्द्र फुटबल क्लव र अफ्रिकन रुट एशोसियसनविचको खेल कस्ले जित्ला भनि सोधेको प्रश्नमा एसएमएसबाट आएका जवाफबाट गोलाप्रथामार्फत सापकोटालाई विजेता घोषणा गरेको एफएमका मार्केटिङ निर्देशक भोलाकुमार श्रेष्ठले जानकारी दिए ।

पुरस्कार प्राप्त गरेकी सापकोटाले रेडियो सुन्ने क्रममा गरेको एउटा एसएमएसले पुरस्कार प्राप्त गरेकोमा खुःशी व्यक्त गरिन् । उनले भनिन्–रेडियो सुन्दै थिए, सोही बेला अफ्रिकन रुटएशोसियसनले जित्छ भन्ने लाग्यो अनि एसएमएस गरे, गोलाप्रथाबाट मेरो नाम विजय भएको घोषणा भएछ खुःशी लाग्यो ।’

मादी गाउँपालिका घर भएकी सापकोटा पोखरा नदिपुर बसेर पृथ्वीनारायण क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्ष अध्ययनरत छन् ।

आइतबारको खेलमा मछिन्द्र फुटबल क्लवलाई १–० ले पराजित गर्दै अफ्रिकन रुट एशोसियसन सेमिफाइनल प्रवेश गरेको छ ।

एफएमले गोल्डकप अवधीभर प्रत्येक दिन बेलुका ८ बजेबाट आहा रारा गोल्डकप विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । साथै प्रत्येक दिन सोधिने प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई कालिका मोवाइल टे«र्डसको तर्फबाट एक थान मोवाइल सेट, आहा रारा चाउचाउ तथा अन्य आर्कषक पुरस्कारको व्यवस्था गरेको छ ।

एक विदेशीसहित ८ टोलीको प्रतिश्पर्धा रहने गोल्डकपमा कस्ले जित्ला भनि सोधिएको प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई महाविजेता घोषणा गर्दै डिजिटल साउण्ड एण्ड भिजनको तर्फबाट ४० इन्चको एमआई स्मार्ट टेलिभिजन पुरस्कार स्वरुप प्रदान गरिने निर्देशक श्रेष्ठले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।