साविक विजेता मनाङ मस्र्याङ्दीले पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो खेलमै झड्का ब्यहोरेको छ।
पोखराको सहारा क्लबले आयोजना गर्दै आएको आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा ६ पटकको विजेता समेत बनेको मनाङ यस संस्करणमा भने पहिलो खेलमै संकटा क्लबसँग स्तब्ध बन्यो।
प्रतियोगिता अन्तर्गत सोमबार भएको तेस्रो क्वाटरफाइनलमा संकटासँग मनाङ १–० ले पराजित बन्यो। संकटाका लागि खेलको ४४ औं मिनेटमा फोफो माले निर्णायक गोल गरे। जितसँगै संकटा क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनलमा मंगलबार थ्री स्टार र नेपाल पुलिस भिड्ने छन् ।
प्रतियोगितामा एपीएफ क्लब र अफ्रिकन रुट सेमिफाइनलमा पुगिसकेको छ । प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







