ज्योती नेपाली बनिन् गेस एण्ड विनको तेस्रो विजेता


     एभरेस्ट आवाज    
     चैत्र २४ गते २०७७ मा प्रकाशित



पोखरा । एभरेस्ट एफएमको गेस एण्ड विनको तेस्रो विजेता नयाँगाँउकी ज्योती नेपाली बनेकी छन् ।
सहारा क्लव पोखराको आयोजनामा रंगशालामा जारी आहा रारा गोल्डकपमा सोमबारको खेल संकटाले जित्ने अनुमान गरेकी ज्योती विजय भएकी हुन् ।

एभरेष्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएमले सोधेको प्रश्नको अनुमानित सही जवाफ एसएमएस मार्फत दिएकी नेपाली अनुमानित सहि उत्तर दिनेहरु मध्यबाट विजय घोषित भएकी हुन् ।

विजेता नेपालीलाई पोखरा रंगशालामा मंगलबार पोखरा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत महेश बरालले कालिका मोवाइल ट्रेडर्सका सिता भवन महेन्द्रपुलकोतर्फबाट एक थान मोवाइल र हिमश्री फुड्सको उत्पादन आहा रारा एक कार्टुन चाउचाउ सहित पुरस्कार प्रदान गरे ।

एफएमले सोमबार भएको संकटा क्लव र मनाङ मस्र्याङदीविचको खेल कस्ले जित्ला भनि सोधेको प्रश्नमा एसएमएसबाट आएका जवाफबाट गोलाप्रथामार्फत नेपालीलाई विजेता घोषणा गरेको एफएमका मार्केटिङ निर्देशक भोलाकुमार श्रेष्ठले जानकारी दिए ।

सोमबारको खेलमा संकटा क्लवले साविक विजेत मनाङलाई १–० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

एफएमले गोल्डकप अवधीभर प्रत्येक दिन बेलुका ८ बजेबाट आहा रारा गोल्डकप विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । साथै प्रत्येक दिन सोधिने प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई कालिका मोवाइल टे«र्डसको तर्फबाट एक थान मोवाइल सेट, आहा रारा चाउचाउ तथा अन्य आर्कषक पुरस्कारको व्यवस्था गरेको छ ।

यसैविच मंगलबारका लागि सोधिएको प्रश्नमा अनुमानित सहि जवाफ दिनेमध्यबाट नयाँगाउँकी रिथ परियार विजेता भएको एमएमका प्राविधिक निर्देशक रविभूषण पराजुलीले जानकारी दिए ।
विजेता परियारलाई बुधबार रंगशालामा नै पुरस्कार हस्तान्त्रण गरिने उनले बताए ।

मंगलबारको अन्तिम क्वाटरफाइनल खेलमा थ्रि स्टार क्लवलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लवले सेमिफाइनलका लागि अफ्रिकन रुट एशोसियसनसंगको भेट पक्का गरेको छ ।

एक विदेशीसहित ८ टोलीको प्रतिश्पर्धा रहने गोल्डकपमा कस्ले जित्ला भनि सोधिएको प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई महाविजेता घोषणा गर्दै डिजिटल साउण्ड एण्ड भिजनको तर्फबाट ४० इन्चको एमआई स्मार्ट टेलिभिजन पुरस्कार स्वरुप प्रदान गरिने निर्देशक श्रेष्ठले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।