आहा रारा गोल्डकपः पुलिससँग थ्रीस्टारको फराकिलो हार


     एभरेस्ट आवाज    
     चैत्र २५ गते २०७७ मा प्रकाशित



विभागीय नेपाल पुलिसले यस संस्करणको आहा रारा गोल्डकपको पहिलो खेलमै फराकिलो जित दर्ता गराएको छ।

प्रतियोगिता अन्तर्गत मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा पुलिसले ललितपुरको रुस्लान थ्रीस्टारलाई ४–० ले पराजित गरेको हो।

सोमबार मात्रै हेटौंडामा चौथो बागमती गोल्डकपको उपाधि उचालेको थ्रीस्टारलाई नेपाल पुलिस क्लबले पोखरामा भने निरिह बनाइदियो। पुलिसका लागि बुद्धबल तामाङले २, तेज तामाङ र सौजन राईले १÷१ गोल गरे। बुद्धबलले २९ र ७४ औं मिनेटमा गोल गरे। त्यस्तै, तेज तामाङले पुलिसका लागि ६८ औं र सौजनले ८६ औं मिनेटमा गोल गरे। तेज तामाङ प्रतियोगिताको ‘म्यान अफ दि म्याच’ बने।

जितसँगै पुलिसले प्रतियोगिताको अन्तिम ४ मा स्थान बनाएको छ। बिहीबार हुने अन्तिम सेमिफाइनल खेलमा पुलिसले अफ्रिकन रुटसँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ। बुधबार खेलको पहिलो सेमिफाईनल खेल संकटाविरुद्ध सशस्त्र प्रहरी बलको एपीएफबीच हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।